मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७५ चैत २ शनिबार ०८:५२:००
Read Time : < 1 मिनेट
विश्व

युरोप छिर्न लागेका ४५ आप्रवासीको डुबेर मृत्यु 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ चैत २ शनिबार ०८:५२:००

भूमध्य सागर हुँदै स्पेनतर्फ जान लागेको ४५ जना आप्रवासीहरूको डुबेर मृत्यु भएको छ । मोरक्कोका अधिकारीहरूले समुद्रमा डुबेका कम्तीमा २१ जना र अरू अलपत्र आप्रवासीलाई उद्धार गरिएको जनाएका छन् । तर, मोरक्को सरकारले ४५ जनाको मृत्यु भएको सूचनालाई पुष्टि गरिसकेको छैन । 

आप्रवासीका लागि मानवीय सेवामा सक्रिय संस्था वाकिङ बोर्डर्सले ४५ जनाको मृत्यु भएको र दुर्घटनाबाट बच्न सफल सात जना महिलालाई उद्धार गरिएको जनाएको छ । मारिनेमा गर्भवती महिलासमेत रहेका छन् ।

मोरक्कोका एक अधिकारीले बिहीबार कम्तीमा २१ जना आप्रवासीलाई उद्धार गरिएको बताएका छन् । ‘एकजनाको शव फेला परेको छ, उनले बताए । 

डुंगामा सवार सबै व्यक्ति उप–सहारा क्षेत्रका थिए । स्पेनी उद्धार सेवाले खोजी तथा उद्धारका लागि मोरक्को सरकारको सहयोगसमेत मागेको जनाएको छ ।

स्पेनी खोजी तथा उद्धार सेवा संस्थाले डुंगा डुबेको सम्भावित स्थान वरपर हवाई गस्ती गरिएको जनाएको छ । युरोपेली युनियनका अनुसार, स्पेनको बाटो हुँदै धेरै आप्रवासी युरोप प्रवेश गर्दछन् । गतवर्ष ५७ हजारभन्दा बढी व्यक्ति स्पेन हुँदै युरोप छिरेका थिए । यी अधिकांश व्यक्ति मोरक्को हुँदै भूमध्य सागरको कठिन यात्रा गरेर स्पेन पुग्छन् ।

गतवर्ष भूमध्य सागर पार गर्नेक्रममा डुंगा दुर्घटना हुँदा करिब दुई हजार तीन सय व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासन कार्यालयले जनाएको छ ।