मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस
२०७५ पौष ७ शनिबार १४:५१:००
Read Time : < 1 मिनेट
समाचार

सर्लाहीमा युवकको हत्या

Read Time : < 1 मिनेट
रासस
२०७५ पौष ७ शनिबार १४:५१:००

सर्लाहीको बरहथवा नगरपालिकामा शनिबार एक युवकको हत्या भएको छ । बरहथवा–५ का ३० वर्षीय मालिक महतोको हत्या भएको हो । 

धारिलो हतियारले उनको टाउकोमा प्रहार गरी हत्या गरिएको छ । घरभन्दा एक किलोमिटर टाढा सडकमा महतोको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । 

मोबाइलमा फोन आएपछि राति घरबाट  निस्केका महतो अबेर रातिसम्म घर फर्केका थिएनन् ।  पछि उनको मोबाइल पनि बन्द भएको थियो । परिवारले  खोजतलास गर्दा महतो मृत अवस्थामा फेला परेको स्थानीय अशोकसिंह कोइरीले बताए । 

महतो वागमती नगरपालिकाको जिरायतमा आफैँले सञ्चालन गरेको निजी विद्यालयमा पढाउँदै आएका थिए । हत्यामा संलग्नको खोजी तथा अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । 

हत्यारलाई पक्राउ गर्नुपर्ने माग गर्दै आफन्त तथा स्थानीयवासीले प्रहरीलाई शव उठाउन दिएका छैनन् । कुकुरसहित प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा पुगेको छ ।