मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ जेठ १५ आइतबार १७:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सबै भूमिहीन दलितलाई तीन वर्षभित्र आवास, वार्षिक आठ लाख नेपालीलाई निरपेक्ष गरिबीको रेखाबाट उठाइने (भिडियोसहित)

Read Time : < 1 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ जेठ १५ आइतबार १७:२१:००

सरकारले सबै भूमिहीन दलितलाई तीन वर्षभित्र आवास उपलब्ध गराउने बताएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा आइतबार संघीय संसद्को दुवै सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा सो प्रतिबद्धता जनाइएको हो । 

त्यसैगरी, बजेटमा आगामी वर्ष निर्यात दोब्बर गर्ने महत्वकांक्षी लक्ष्य पनि समावेश गरिएको छ । अर्थमन्त्री शर्माले आगामी ५ वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने लक्ष्य पनि बजेटमा निर्धारण गरिएको बताए । उनले धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात आगामी आर्थिक वर्षभित्र ३० प्रतिशत कम गर्ने बताए । 

‘आधारभूत कृषि उत्पादन धान, मकै, गहँ, तरकारी र फलफूलको आयात आगामी वर्ष न्यूनतम ३० प्रतिशतले कम गर्ने । आगामी वर्ष निर्यात दोब्बर गर्ने । आयात न्यूनतम २० प्रतिशतले घटाउने र आगामी पाँच वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने । मर्यादित रोजगारी वार्षिक ३० प्रतिशतका दरले वृद्धि गर्ने’,अर्थमन्त्री शर्माले भने, ‘भूमिहीन दलितलाई आगामी ३ वर्षभित्र आवास उपलब्ध गराउने, वार्षिक ८ लाख नेपालीलाई निरपेक्ष गरिबीको रेखाबाट माथि ल्याउने । स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तर सुधार गरी मानव विकास सूचकांक ०.६५ पुर्याउने ।’