१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १५ आइतबार १३:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

थासाङ गाउँपालिका अध्यक्ष भन्छन्– लेतेमा दुर्घटनाको संकेत भेटिएको छैन, बादलले डाँडाकाँडा देखिने स्थिति छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १५ आइतबार १३:१२:००

पोखराबाट जोमसोमका लागि उड्ने क्रममा बेपत्ता भएको तारा एयरको विमानको अवस्थाबारे अझै पत्ता लागेको छैन। मुस्ताङको लेतेमा दुर्घटनाको आशंका गरिए पनि दुर्घटनाको कुनै संकेत फेला परेको छैन।

थासाङ गाउँपालिका– ३ मा पर्ने लेतेमा कुनै दुर्घटना भएको जानकारी प्राप्त नभएको गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताए। नयाँ पत्रिकासँग कुरा गर्दै उनले लेतेमा दुर्घटना भएको भन्दै आएको समाचारमा कुनै सत्यता नरहेको बताए।

‘पानी परिरहेको छ। बादल लागेको छ, डाँडाकाँडा देखिने स्थिति छैन,’ उनले भने, ‘लेते र आसपासका क्षेत्रमा दुर्घटनाको कुनै जानकारी र संकेत फेला परेको छैन। स्थानीयबाट पनि यसबारे केही जानकारी छैन।’

उनले आफूहरू प्रहरीसमेतको सहयोगमा खोजीमा लागिरहेको बताए। उनले भने,  ‘टेलिफोन सम्पर्क सबैतिर भइरहेको छ, तैपनि कुनै जानकारी आएको छैन। मानव बस्ती आसपास त्यस्तो केही देखिएन, मानबस्तीबाहिरको अवस्थामबारे जानकारी लिइरहेका छौँ।’