१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १५ आइतबार ०७:०८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कोभिड–१९ अमेरिकी जैविक प्रविधिले निम्त्याएको हो ?

कोभिड–१९ को भाइरस प्रयोगशालाबाट उत्पत्ति भएको हो भने यसको कारक अमेरिकी जैविक प्रविधि हो र यी प्रविधिबारे चिनियाँ अनुसन्धातालाई पनि जानकारी थियो । 

Read Time : > 2 मिनेट
२०७९ जेठ १५ आइतबार ०७:०८:००

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९को उत्पत्ति पत्ता लगाउन बनाएको गोप्य युनाइटेड स्टेट्स इन्टेलिजेन्स कम्युनिटी (आइसी)को निष्कर्षलाई ओझेलमा पारिए पनि यसको निष्कर्ष एकदमै आश्चर्यजनक छ । आइसीले एकपृष्ठे संक्षेपमा कोभिड–१९का लागि जिम्मेवार भाइरस ‘सार्स–कोभ–२’ प्रयोगशालाबाट उत्पत्ति भएको आशंकालाई पूर्ण रूपमा अस्वीकार गर्न सकेको छैन । तर, चकित पार्ने कुरा के छ भने यदि भाइरस प्रयोगशालाबाट उत्पत्ति भएको हो भने यसको कारक अमेरिकी जैविक प्रविधि भएको र ती प्रविधिबारे चिनियाँ अनुसन्धाता पनि जानकार थिए भनिएको छ । 

कोभिड–१९को उत्पत्तिबारे पूर्ण सत्य थाहा पाउन हामीलाई पहिलोपटक चीनको वुहानमा देखिएको कोभिड–१९को संक्रमण मात्र नभई यससँग सम्बन्धित अमेरिकी अनुसन्धान, अन्तर्राष्ट्रिय पहुँच र प्रविधि लाइसेन्सिङलाई समेत अनुसन्धानको दायरामा ल्याउने एक स्वतन्त्र छानबिनको खाँचो छ । हामीले हालैमा ‘प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेस’बाट यस्तो अनुसन्धानको आह्वान गरेका थियौँ । हामीले प्रस्तुत गरेका कारणलाई ‘षड्यन्त्रको सिद्धान्त’ भनेर खारेज गर्ने सम्भावना छ । तर, कोभिड–१९ प्रयोगशालाबाट उत्पत्ति भएको हो भने यसको उत्पत्ति एक सामान्य अनुसन्धान हुँदाको त्रुटिबाट भएको हुनुपर्छ, जुन लक्षणविहीन संक्रमण थियो र पत्ता लाग्न सकेन । यो भाइरसको प्राकृतिक उत्पत्ति भएको पनि हुन सक्छ, तर यसबारे कोही पनि निश्चिन्त छैन । तसर्थ सत्य थाहा पाउन अमेरिकी डाटाबेसमा मौजुद सान्दर्भिक सूचनालाई अनुसन्धानको दायरामा ल्याइनुपर्छ । 

सार्सजस्ता भाइरसमा काम गरिरहेका अमेरिकी वैज्ञानिकलेऔषधि र खोप निर्माणको प्रयोजनका लागि दशकौँदेखि नियमित रूपमा भाइरसका घातक भेरियन्टको सिर्जना एवं परीक्षण गर्दै आएका छन् । यसखाले काम, प्रक्रियागत सामान्य त्रुटिले पनि संक्रमण फैलिन सक्ने वायसबारेको ज्ञान तथा प्रविधि गलत व्यक्तिका हातमा पर्न सक्ने भन्दै विवादको घेरामा पर्ने गर्छन् । यस सन्दर्भमा सार्स–कोभ–२ पनि प्रयोगशालाबाट फैलिएका हुन् कि भनेर प्रश्न गर्नु जायज ठहरिन्छ । महामारीको सुरुवाती चरणमा नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच)ले भाइरसविद्लाई सार्स–कोभ–२ प्रयोगशालाबाट उत्पत्ति भएको हो कि भनेर प्रश्न गरेको थियो । यो चासोका पछाडि सार्स–कोभ–२का असाधारण लक्षण अमेरिकी प्रयोगशालामा पाइएको भन्ने थियो ।

स्मरण रहोस्, अमेरिकी प्रयोगशालाको अनुसन्धानमा प्रायः एनआइएचको समर्थन रहने गर्छ । फ्रिडम अफ इन्फर्मेसन एक्ट (एफओआइए)अन्तर्गत एनआइएचले दिएको सार्वजनिक सूचनामार्फत हामीले यसबारे जानकारी पाएका हौँ । १ फेब्रुअरी २०२०मा एनआइएचले सार्स–कोभ–२ उत्पत्तिबारे शोध गर्न शीर्ष भाइरसविद्लाई बोलाइएको सम्मेलनबारे पनि हामी जानकार छाैँ । 

फेब्रुअरीमा बोलाइएको सम्मेलनमा भाइरसविज्ञको एक समूहले ‘प्रोक्सिमल अरिजिन अफ सार्स–कोभ–२’ नामक शोधपत्रको पहिलो मस्यौदा तयार गरेका थिए । तर, मार्च २०२०मा प्रकाशित अन्तिम मस्यौदाले भाइरस प्राकृतिक रूपमा नै उत्पत्ति भएको निष्कर्ष निकालेको थियो । यद्यपि पहिलो मस्यौदामा भाइरस प्रयोगशालाबाट निम्तिएको सम्भावना पनि उल्लेख थियो । सो शोधपत्रका लेखकले प्रयोगशालाबाट भाइरसको उत्पत्ति नभएको भनेर पस्किएका आधारहरू सन् २०१४ मै गलत प्रमाणित भइसकेका हुन् ।

एनआइएच र अन्य अमेरिकी सरकारी संस्थाले स्वतन्त्र छानबिनको मागलाई अस्वीकार गरेको सन्दर्भमा यी संस्थाबाट ‘राइट टु नो’ र ‘द इन्टरसेप्ट’लगायत संस्थाले एफओआइएअन्तर्गत पारदर्शी सूचनाको माग गरेका थिए । यी जानकारी, इन्टरनेट खोज र ‘ह्विसलब्लोअर’का खुलासाले आश्चर्यजनक सूचना सतहमा ल्याइदिएका छन् । यसबाहेक एफओआइएअन्तर्गत आएको जानकारीलाई भारी मात्रामा काँटछाँट गरेर हटाइएको थियो । उदाहरण, सन् २०२०को अप्रिलमा ‘युएस नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज’ले ‘स्ट्रेटेजिक प्लान फर कोभिड–१९ रिसर्च’को मस्यौदालाई लुकाउने प्रयास गरेको थियो ।

प्रश्न अनुत्तरित रहेको सन्दर्भमा हामी अमेरिकी सरकारलाई निष्पक्ष छानबिन सुरु गर्न अनुरोध गर्दै छाैँ । एनआइएच र रक्षा विभागसहितका संघीय सरकारका निकायले प्रायोजन गर्ने प्रयोगशाला, भाइरल अनुक्रम तथ्यांक भण्डारण एवं अभिलेख राख्ने शैक्षिक संस्था तथा बायोटेक्नोलोजी कर्पाेरेसनका अभिलेख नपल्टाउने हो भने हामीले सार्स–कोभ–२को उत्पत्तिबारे कहिल्यै पनि सही बुझाइ निर्माण गर्न पाउनेछैनाँै । के अमेरिकी शोधकर्ताले सञ्चालन गरेको वा उनीहरूको प्रविधि प्रयोग गरेर सञ्चालित प्रयोगशालाले महामारी निम्त्याएको यो नयाँ रोगाणु (प्याथोजेन्स)सिर्जना गर्न योगदान पु¥याएको हो भन्ने प्रश्न नै निष्पक्ष छानबिनको प्रमुख प्रश्न हुनुपर्छ । 

कोभिड–१९को उत्पत्तिका सन्दर्भमा इन्टेलिजेन्स कम्युनिटीको अनुसन्धान अब गोप्य रहनुहुँदैन । अनुसन्धान प्रक्रिया पारदर्शी हुनुपर्छ । सबै आवश्यक आँकडा स्वतन्त्र वैज्ञानिक अनुसन्धानकर्तालाई उपलब्ध गराइनुपर्छ । हाल महामारी सुरुवातबारेको जानकारी दबाउन र अमेरिकामा सजिलै उपलब्ध हुने थप प्रमाणका खोजीमा बाधा पु¥याउने संगठित प्रयास देखिन्छ । सम्बन्धित क्षेत्रका स्वतन्त्र विज्ञको समिति गठन गरियोस् र अमेरिकी कंग्रेस तथा आमजनतालाई सल्लाह दिनका लागि सबै सान्दर्भिक आँकडामा पहुँच दिइयोस् भन्ने हाम्रो सुझाब छ । अमेरिका, चीन वा अन्य कुनै देशको प्रतीक्षा नगरी भाइरसको उत्पत्तिबारे थप कुरा पत्ता लगाउने अवसर अझै बाँकी छ । प्रोजेक्ट सिन्डिकेट