मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार २०:३०:००
Read Time : < 1 मिनेट
समाचार

न्युजिल्याण्डमा भएको हमलाका तस्विर तथा भिडियाे सामाजिक सञ्जालबाट हटाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार २०:३०:००

न्युजिल्याण्डको क्रिस्टचर्च सहरका दुई मस्जिदमा भएको हमलाका तस्विर सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र युट्युबले हटाउने भएका छन् । ‘प्रहरीले लाइभ सुरु भएको केही बेरमै उक्त भिडियोका विषयमा सतर्क गराएको थियो र हामीले तत्कालै सुटरको फेसबुक, इन्स्टाग्राम अकाउण्ट र भिडियो हटाइदियौँ’, फेसबुकले उल्लेख गरेकाे छ । 

समाचार एजेन्सी रोयटर्सका अनुसार ट्वीटरले घटनाको अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै, युट्युबको ‘प्यारेन्ट कम्पनी’ अल्फाबेटले हिंसात्मक घटनाको फुटेज हटाउन सतर्कतापूर्वक काम गरिरहेको जनाएको छ । 

शुक्रबार न्यूजिल्याण्डको क्रिस्टचर्च शहरमा रहेको दुई मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । हमलामा २० भन्दा बढी गम्भीर घाइते भएको बीबीसीमा उल्लेख छ । न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनले मृत्यु हुनेको संख्या पुष्टि गर्दै हमलालाई आतंकवादीको संघ्या दिएकी छिन् । घटनापछि एक महिलासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । एजेन्सी