मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १९:०१:००
Read Time : < 1 मिनेट
खेलकुद

गोकर्णेश्वरमा माउन्टेन बाइक प्रतियोगिता सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १९:०१:००

१७ औं राष्ट्रिय माउन्टेन बाइक एवं नवौँ राष्ट्रिय डाउनहिल च्याम्पियनसिप प्रतियोगिता आज सुरु भएको छ । 

नेपाल साइक्लिङ एशोसिएशनले आयोजना गरेको प्रतियोगिता गोकर्णेश्वर नगरपालिकाको राष्ट्रिय शहीद तथा शान्ति स्मारकमा सुरु भएको हो । पहिलो दिन शुक्रबार डाउनहिलका पुरुष सिनियर र जुनियर एवं महिला समूह खेलमा सहभागी थिए । 

पुरुष सिनियरतर्फ एक मिनेट २० सेकेण्डमा निर्धारित दूरी पार गरी सुमन तामाङ प्रथम भए । यसैगरी एक मिनेट ३० सेकेण्डमा कुञ्जनी राई दोस्रो र एक मिनेट ४० सेकेण्डमा दुरी पार गरी निरेन्द्र महर्जन तेस्रो भए । 

पुरुष जुनियरमा निरव श्रेष्ठ पहिलो, तेजसन कुँवर दोस्रो र दीपक जिमी तेस्रो भए । उनीहरुले क्रमशः एक मिनेट १८.८५५ सेकेण्ड, एक मिनेट २२.६२८ सेकेण्ड र एक मिनेट २४.१३७ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । महिलातर्फ एक मिनेट ५५.१९४ सेकेण्डमा निर्धारित दूरी पार गरी निश्मा श्रेष्ठ पहिलो, दुई मिनेट २८.४४९ सेकेण्डमा पार गरी रोजिशा लिम्बू दोस्रो र दुई मिनेट ३६.०६८ सेकेण्डमा दूरी पार गरी आरती श्रेष्ठ तेस्रो भएका थिए ।

गोकर्णेश्वरका नगर प्रमुख सन्तोष चालिसेले प्रतियोगिता उद्घाटन गरेका थिए । नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । शनिबार क्रसकन्ट्रीका प्रतिस्पर्धीको प्रतियोगिता हुने आयोजकले जनाएको छ । सबै खेलका विजयी खेलाडीलाई शनिबार दिउँसो पुरस्कार एवं प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।