१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १८:५६:००
Read Time : < 1 मिनेट
समाचार

बैंकमार्फत् कृषकलाई अनुदान उपलब्ध गराउने तयारी गर्दै सरकार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १८:५६:००

सरकारले बैंकमार्फत् कृषकहरुलाई अनुदान उपलब्ध गराउने तयारी गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि अनुदानको रकम दुरुपयोग हुन नदिन बैंक तथा वित्तिय संस्थामार्फत् वितरण गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

शुक्रबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले बैंकमार्फत् कृषकहरुको हातमा अनुदानको रकम वितरण गर्न ‘किसान कल्याण परियोजना’ संचालन गर्ने योजना अघि सारे । मन्त्री खनालले मल अभाव हुन नदिन कृषकहरुलाई ‘सोयल हेल्थ कार्ड’ वितरण गर्न उपयुक्त हुने धारणा समितिमा राखे । सो कार्डको आधारमा कृषकहरुलाई आवश्यक मले व्यवस्था गर्ने मन्त्री खनालको भनाई छ ।

मन्त्री खनालले सरकारले रसायनिक मलको विकल्पमा जैविक मल उत्पादनमा जोड दिने नीति लिएको बताए । बैठकमा समितिका सदस्यहरुले जैविक मलको उत्पादनमा जोड दिन सरकारलाई सुझाव दिएका थिए । समितिका सदस्य महेश बस्नेतले सहरको फोहोर व्यवस्थापन हुने गरी जैविक मल उत्पादनमा जोड दिन सरकारलाई सुझाव दिएका थिए ।

उनले जैविक खेती गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने कारणबारे पनि समितिमा चर्चा गरे । समितिका सदस्यहरुले मल अभाव हुन नदिन सरकारलाई आवश्यक योजना बनाउन समेत सचेत गराए ।