मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १८:५३:००
Read Time : < 1 मिनेट
सप्तरंग

‘दाल भात तरकारी’ को शीर्ष गीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १८:५३:००

मह सञ्चारको ब्यानरमा बनेको चलचित्र ’दाल भात तरकारी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्रको दास्रो गीत शुक्रबार एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । 

शीर्ष गीतमा राजेश पायल राई र इस्मिता दाहालको स्वर छ । गीतलाई कलाकार हरिवंश आचार्यले लेखेका हुन् भने संगीत सम्भुजित सापकोटाको रहेको छ । गीतको भिडियोमा कलाकार हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा र पुष्प खड्का फिचर्ड छन्। 

किरण केसी निर्माण रहेको चलचत्रि  दाल भात तरकारीलाई उनका छोरा सुदनले निर्देशन गरेका छन् । रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशकार, शिवहरि पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुराग कुँवर, शिशिर वांग्देल, विल्सन विक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली चलचित्रका निर्माता हुन् । 

चलचित्रमा हरिवंश, निरुता, पुष्प र आँचलसँगै मदन कृष्ण श्रेष्ठ, स्वस्तिमा खड्का, वर्षा राउत, प्रियंका कार्की, किरण केसी, विल्सन विक्रम राईलगायतको अभिनय छ । फिल्ममा शम्भुजित बास्कोटाको संगीत, दीर्घ गुरुङको सिनेम्याटोग्राफी, हरिवंश आचार्यको संवाद र पटकथा रहनेछ । यस अघि १३ वैशाखलाई प्रदर्शन मिति तय गरेपनि एक साता पछि अर्थात २० वैशाखमा चलचित्र प्रदर्शन हुने निर्माता किरण केसीले जानकारी दिए ।