मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १२ बिहीबार ०६:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘प्लास्ट नेपाल २०२२’ प्रदर्शनी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १२ बिहीबार ०६:१२:००

प्लास्ट नेपाल फाउन्डेसनले काठमाडौंको भृकुटीमण्डपमा ‘प्लास्ट नेपाल २०२२’ नामको प्लास्टिक प्रदर्शनी मेला गर्ने भएको छ । फाउन्डेसनले जेठ १२ देखि १४ गतेसम्म मेला आयोजना गर्न लागेको हो । 

यसअघि ०७१ र ०७५ मा पनि आयोजना भएको यो मेलाको तेस्रो संस्करण हो । प्रदर्शनीमा नेपालका प्रमुख प्लास्टिक उद्योगहरू र भारतलगायत अन्य देशका समेत करिब पाँच हजार प्लास्टिक उद्यमी–व्यवसायीहरू र करिब एक लाख उद्योगी–व्यवसायी र अन्य दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएका छन् । प्रदर्शनीमा प्लास्टिकजन्य उत्पादनहरू, यसका कच्चा पदार्थहरू र मेसिन उपकरणहरूसमेतका एक सय २६ स्टलहरू राखिने जनाइएको छन् । 

संस्थाले उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरेको जनाएको छ । प्लास्ट नेपाल, नेपाली प्लास्टिक उद्यमीहरूको छाता संगठन हो । यसले नेपालमा प्लास्टिकको दिगो वृद्घिका लागि निरन्तर काम गरिरहेको जनाएको छ । नेपाली उत्पादनलाई प्राथमिकता दिन यस संस्थाले सरकार र उद्योगीहरूसँग मिलेर काम गरिरहेको जनाएको छ ।