मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ ११ बुधबार १९:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक्सपोज नेपालले महिनावारी दिवसमा ‘बृहत् साइकल र्‍याली’ गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ ११ बुधबार १९:२७:००

एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौंमा बृहत् साइकल र्याली गर्ने भएको छ । २८ मे अर्थात् जेठ १४ गते शनिबार काठमाडौंको वसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्याली गरिने संस्थाका अध्यक्ष ज्ञान महर्जनले जानकारी दिए । एक्सपोज नेपालले ‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे चेतना जगाउन वातावरणमैत्री सवारीको प्रयोगबाट र्याली आयोजना गरिएको जनाएको छ । 

बिहान ७ बजे वसन्तपुरबाट सुरु हुने र्याली दरबारमार्ग, पुतलीसडक, अनामनगर, थापागाउँ, बानेश्वर, बबरमहल, थापाथली हुँदै पुल्चोक, जावलाखेल, लगनखेलबाट मंगलबजार पुगी समापन हुनेछ । र्यालीमा ३०० जना साइकलयात्रीले सहभागिता जनाउनेछन् । मंगलबजारमा हुने समापन कार्यक्रमलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सम्बोधन गर्ने कार्यक्रम रहेको एक्सपोज नेपालले जनाएको छ। 

सन् २००७ मा स्थापना भएको संस्थाले महिलामाथि हुने सबैखाले हिंसा र महिनावारी स्वच्छताको विषयमा काम गर्दै आइरहेको अध्यक्ष महर्जनले बताए ।