मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १७:१९:००
Read Time : < 1 मिनेट
सप्तरंग

तेलुगू फिल्ममा डेब्यू गर्दै आलिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १७:१९:००

बलिउड अभिनेत्री आलिया भट्टले तेलुगू फिल्ममा डेब्यू गर्ने भएकी छिन् । एस.एस. राजमौलीको फिल्म 'आरआरआर' मार्फत उनले तेलुगू फिल्ममा पनि अभिनय गर्ने भएकी हुन् । 

बाहुबली सिरिज बनाउने राजमौलीसँग काम गर्ने आफ्नो सपना पूरा भएको आलियाले बताएकी छिन् । राजमौलीले यसअघि नै फिल्ममा आलिया र अजय देवगन मुख्य भूमिकामा रहने बताएका हुन् । 

पहिलो पटक दक्षिण भारतीय फिल्ममा काम गर्न पाउँदा निकै उत्साहित रहेको आलियाले बताएकी छिन् । फिल्म सन् २०२० को मे ३० मा रिलिज हुनेछ ।