१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १६:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

विप्लव समूहमाथि लगाएको प्रतिबन्ध गलत : गोपाल किराती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १६:१३:००

गोपाल किराती नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । 

शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा अध्यक्ष गोपाल किरातीले विप्लवलाई विद्रोहको बाटो छाडेर गणतन्त्रको रक्षाका लागि वार्तामा आउन पनि आह्वान गरेका छन् ।  अध्यक्ष किरातीले विप्लवले विखण्डनको बाटो लिए गणतन्त्र आफै खतरामा पर्ने भएकाले पनि त्यसो गर्न नहुने तर्क गरे । ‘सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध गलत छ', उनले भने, 'वार्ता नगरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने काम ठिक होईन ।' सिके राउतलाई सहमतिमा ल्याउने र विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णय दमनकारी नीति देखिएकाले आफ्नो पार्टीले विरोध गर्नु परेको उनले बताए । 

अध्यक्ष किरातीले प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीलाई जन्मकैदको सजाय दिने अदालतको फैसला न्यायोचित नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।