मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ ११ बुधबार १३:५०:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

कटारी नगरपालिकाकाे मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ ११ बुधबार १३:५०:००

उदयपुरको कटारी नगरपालिका मेयरमा नेपाली कांग्रेसका राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई चार सय ६५ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठ नेकपा माओवादी केन्द्र र कांग्रेसका साझा उम्मेदवार हुन् । 

निर्वाचित श्रेष्ठले ६ हजार चार सय १७ मत प्राप्त गर्दा स्वतन्त्रका बरालले पाँच हजार नाै सय ५२ मत पाएका छन् । तेस्रो हुने निवर्तमान नगरप्रमुख एमालेका ज्ञानेन्द्र श्रेष्ठले पाँच हजार सात सय १५ पाएका छन् । 

त्यसैगरी, उपमेयरमा नेकपा एमालेकी गीता खड्का निर्वाचित भएकी छिन् । उनले माओवादी केन्द्रका  विनोद कटुवाललाई दुई हजार पाँच सय ९२ मतान्तरले पराजित गरेकी हुन् । खड्काले ६ हजार चार सय १३ मत प्राप्त गरिन् भने कटुवालले तीन हजार आठ सय २१ मत प्राप्त गरे । कटारी नगरपालिकामा २५ हजार सात सय ५४ मत खसेको थियो ।