Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ११ बुधबार ०८:०४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा १६ अंकको सुधार : लगानीकर्ता बजेटप्रति आशावादी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ११ बुधबार ०८:०४:००

मंगलबार नेप्से परिसूचक १६ दशमलव ३२ अंकले बढेर दुई हजार दुई सय १७ दशमलव १९ बिन्दुमा पुगेको छ । अघिल्लो दिन १७ महिनायताकै न्यून बिन्दुमा नेप्से परिसूचक आइपुगेको थियो । तर, लगानीकर्ता बजेटप्रति आशावादी बन्दा बजार सकारात्मक बन्न पुगेको लगानीकर्ताले बताए । मौद्रिक नीतिको समीक्षा र बजेटले लगानीमैत्री वातावरण ल्याउनका लागि महत्वपूर्ण भूमिका खेल्न सक्नेमा लगानीकर्ता आशावादी देखिएका छन् । यस दिन ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स तीन दशमलव ६२ अंकले बढेर चार सय ३२ दशमलव ६७ बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका १३ वटै समूहमध्ये ११ वटा समूहका सूचक बढेका छन् भने म्युचुअल फन्ड समूह र ट्रेडिङ समूहका सूचक सामान्य घटेका छन् । जलविद्युत् समूहको सूचक २ प्रतिशतले बढेको छ भने फाइनान्स समूह, विकास बैंक समूह र उत्पादनमूलक समूहको सूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । होटेल तथा पर्यटन समूह, जीवन बिमा, माइक्रो फाइनान्स समूह, निर्जीवन बिमा समूहको सूचक सामान्य बढेको छ ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २४ कम्पनीको ३१ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब आठ करोड रुपैयाँको कारोबार भएको छ । एनआइसी एसिया लघुवित्त प्रमोटर सेयर, अपर तामाकोसी हाइड्रोपावर कम्पनी, अरुण काबेली हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट र नबिल बैंकको सेयर तीन करोड रुपैयाँदेखि चार करोड ८४ लाख रुपैयाँसम्मको कारोबार भएको छ । 

मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, जनरल इन्स्योरेन्स कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २ प्रतिशतदेखि पाँच दशमलव ३९ प्रतिशतले घटेको छ । यस दिन एक सय ४९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पाँच दशमलव ९५ प्रतिशतले बढेको छ भने अपर तामाकोसी हाइड्रोपावर कम्पनीको पाँच दशमलव ५८ प्रतिशतले बढेको छ । विजय लघुवित्त वित्तीय संस्था, हिमालयन ऊर्जा विकास कम्पनी र नारायणी डेभलपमेन्ट कम्पनीको सेयर चार प्रतिशतभन्दा बढीले बढेको छ ।