मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ जेठ ११ बुधबार ०७:४७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ जेठ ११ बुधबार ०७:४७:००

मधुवन नगरपालिका– २ कोठियागाउँकी कौशिका पालको बाघको आक्रमणबाट मृत्यु भएको छ । बाख्रा चराउन जंगल गएको वेलामा बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो । 

डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रवीण बिडारीका अनुसार कौशिकालाई खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो । 

खाता रेन्ज पोस्टदेखि करिब दुई सय मिटर उत्तरमा बाघले आक्रमण गरेको हो । बाघको वासस्थान रहेको उक्त सामुदायिक वनमा कौशिकाको शव फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ ।

बर्दिया निकुञ्ज र भारतको कतरनियाट वन्यजन्तु आरक्ष जोड्ने खाता जैविक मार्गमा बाघ, हात्ती र गैँडालगायतका वन्यजन्तु ओहोरदोहोर गर्छन् । केही वर्षयता खाता जैविक मार्गको आसपास क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम बढेको छ । तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ ।