१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फोटो
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १४:४४:००
Read Time : < 1 मिनेट
समाचार

वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणकाे लागि स्वास्थ्य शिविर सञ्चालन हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १४:४४:००

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विदेशमा अस्वभाविक रुपमा हुँदै आएको मृत्युलाई रोक्न पनि वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणका लागि गन्तव्य मुलुकमै स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले वैदेशिक रोजगारमा गएकाहरुमा बढि किड्नीको समस्या देखिएको उल्लेख गर्दै उक्त समस्या आउन नदिन सरकारले गन्तव्य मुलुकमै नेपाली चिकित्सकहरुको टोली आवश्यक्ता अनुसार पठाएर स्वास्थ्य परिक्षण गर्ने निर्णय लिनु परेको बताए । मन्त्री विष्टले वैदेशिक रोजगारीकै क्रममा ज्यान गएकाहरुको परिवारलाई सम्बन्धित स्थानीय तहबाटै क्षतिपूर्ति दिने व्यवस्था गरिएको बताए ।

कार्यक्रममा मन्त्री विष्टले सरकारले वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सक्दो प्रयास गरिरहेको बताए ।