१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १४:१७:००
Read Time : < 1 मिनेट
अर्थ

युरोपको फोटोकपी पेपर काठमाडौंमा बिक्री सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १४:१७:००

युरोपमा रुचाइएको ‘आइ क्यु प्रिमियम’ र ‘माएस्ट्रो सुप्रिम’ फोटोकपी पेपरको शुक्रबारदेखि काठमाडौंमा बिक्री सुरु गरिएको छ । सो फोटोकपी पेपर अष्ट्रियाको मोन्डि ग्रुपले उत्पादन गर्दै आएको छ ।

ननकोटेडमा विश्वकै सर्वोत्कृष्ट कागज दावी गरिएको मोन्डि ग्रुपको फोटोकपी पेपर गुजरातस्थित एक्सेल इन्टरप्राइजेजको सहकार्यमा ग्रिन एन्ड क्लिन कम्पनी प्रालिले काठमाडौंमा भित्र्याएको हो ।  

रंगिन फोटोकपी, फोटो छपाइ, विभिन्न प्रकारका प्रतिवेदन र किताब छपाइमा पेपरको प्रयोग गर्न उपयुक्त हुने कम्पनीको दावी छ । सो पेपरमा प्रिन्टरको टोनर कम खर्च हुने तथा चिल्लो कागजमा जस्तै गुणस्तरीय फोटो छपाइ गर्न सकिने कार्यक्रममा जानकारी दिएको थियो । सो पेपर दराज अनलाइन मार्फत बिक्री गरिने भएको छ । 

कार्यक्रममा एक्सेल इन्टरप्राइजेजका निखिल ओझा तथा ग्रिन एन्ड क्लिन कम्पनीका सकिल अहमद खानले पेपरको विशेषताबारे जानकारी दिएका थिए ।