१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १० मंगलबार १७:५८:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

बौधीमाईको मेयर र उपमेयरमा एकीकृत समाजवादी विजयी, एमाले रौतहट अध्यक्ष मेयरमा पराजित

Read Time : < 1 मिनेट
२०७९ जेठ १० मंगलबार १७:५८:००

एमाले रौतहटका अध्यक्ष त्रिभुवन साह बौधीमाई नगरपालिकाको मेयरमा पराजित भएका छन् । बौधीमाई नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष प्रदीप यादव निर्वाचित भएका छन् ।

यादव ४ हजार ८१० मत ल्याएर विजयी हुँदा साह ३ हजार ४७८ मत ल्याएर तेस्रो भएका छन् । यादवका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार राजीवरंजन यादवले ४ हजार ६२४ मत प्राप्त गरे । राजीवरंजन निवर्तमान मेयर हुन् ।

उपमेयरमा एकीकृत समाजवादीकै प्रमिलादेवी निर्वाचित भएकी छिन् । उनले ४ हजार ८९४ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी सैबुन खातुनले ४ हजार ४८१ मत प्राप्त गरिन् ।