मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७५ चैत १ शुक्रबार १४:३०:००
Read Time : < 1 मिनेट
विश्व

न्यूजिल्याण्डको दुई मस्जिदमा हमला : मृत्यु हुनेकाे संख्या ४९ पुग्यो

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ चैत १ शुक्रबार १४:३०:००

न्यूजिल्याण्डको क्रिस्टचर्च शहरमा रहेको दुई मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । हमलामा २० भन्दा बढी गम्भीर घाइते भएको बीबीसीमा उल्लेख छ । 

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनले मृत्यु हुनेको संख्या पुष्टि गर्दै हमलालाई आतंकवादी को संघ्या दिएकी छिन् । घटनापछि एक महिलासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

न्युजिल्याण्डका प्रहरी प्रमुख माइक बुशले चार जना संकास्पदलाई हिरासतमा लिएको पुष्टि गरे । उनले जोखिम अझै खतरामुक्त भइसकेको भन्न सक्ने अबस्था नरहेको बताए । । डेली मेलले यो आक्रमणमा २८ वर्षीय अष्ट्रेलियन युवकको संलग्नता रहेको उल्लेख गरेकाे छ । उनले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेका थिए । सैनिक पोशाक लगाएका ती व्यक्तिले कारबाट ओर्लिएर मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरेका थिए ।

अर्को सूचना जारी नगरेसम्म क्रिस्टचर्च मस्जिद र त्यसआसपासका क्षेत्रमा रहेका विद्यालय र कार्यालयहरु बन्द गरिएको छ।