१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १० मंगलबार
  • Sunday, 29 September, 2024
२o७९ जेठ १० मंगलबार १o:१९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लहानका मेयरको घोषणा : व्यक्तिगत घटना दर्ता नि:शुल्क

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १० मंगलबार १o:१९:oo

मुसहर समुदायलाई किरिया खर्चका लागि पाँच हजार नगद 

सिराहाको लहान नगरपालिकाका नवनिर्वाचित मेयर महेशप्रसाद चौधरीले पदभार ग्रहणसँगै व्यक्तिगत घटना दर्ता निःशुल्क र मुसहर समुदायलाई किरिया खर्चका लागि पाँच हजार रुपैयाँ नगद दिने घोषणा गरेका छन् । 

लहान– १० ग्रामीणस्थित नगर कार्यपालिकाको कार्यालयमा सोमबार दिउँसो आयोजित एक समारोबीच पदभार ग्रहण गर्दै मेयर चौधरीले नगरको २४ वटै वडाका सबै समुदायलाई व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने घोषणा गरेका हुन् । ‘नागरिकताको सिफारिस, जन्म, मृत्यु, विवाह दर्ता नि:शुल्क हुनेछ,’ उनले भने, ‘त्यसका लागि प्रमुख प्रशासकीय अधिकृतमार्फत नगरका २४ वटै वडाका सचिवहरूलाई सोमबार नै परिपत्र गरिएको छ ।’

नगर क्षेत्रभर मुसहर समुदायका कसैको मृत्यु भएमा किरिया खर्चका लागि नगरले नगद पाँच हजार रुपैयाँ उपलब्ध गराउने मेयर चौधरीले घोषणा गरेका छन् । तीनदलीय गठबन्धनअन्तर्गत नेपाली कांग्रेसबाट मेयर बनेका चौधरी आठ हजार एक सय ३६ मतको फराकिलो अन्तरले २० हजार एक सय पाँच मतसहित निर्वाचित भएका हुन् । उनले सोमबार नै नगर सभाहलमा नवनिर्वाचित वडाध्यक्ष, वडासदस्यहरूलाई शपथ दिलाएका छन् । 

तलब सुविधाले दलित बस्तीमा खाद्यान्न

पदरभार ग्रहणसँगै उनले नियमअनुसार पाउने तलब–सुविधाको रकमले हरेक महिना नगरको सबै दलित बस्तीमा चामल, नुन र खानेतेल बाँड्ने घोषणासमेत गरेका छन् । ‘नगरका करिब चार हजार घरधुरी दलित बस्तीमध्ये हरेक महिनाको २२ गते १० किलो चामल, एक लिटर खानेतेल र एक किलो नुन बाँड्ने छु,’ उनले भने ।

कोरोना महामारीको समयमा गरिब विपन्नलाई राहत बाँड्दा–बाँड्दै स्वयं संक्रमित भएर गत २२ जेठमा श्रीमती संगीता कर्माचार्यको निधन भएयता उनले हरेक महिनाको २२ गते नगरको कुनै न कुनै ठाउँमा गरिब, विपन्न, असहाय, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरीलाई व्यक्तिगत खर्चमा खाद्य सामग्री, लत्ताकपडा, पोषिलो खानेकुरा बाँड्दै आएका छन् । 

अप्ठ्यारोमा परेका गरिब, विपन्न परिवारलाई निरन्तर सहयोग गर्दै आएकी श्रीमतीको कोरोना संक्रमणको कारणले निधन भएपछि उनको परोपकारी कामलाई निरन्तता दिन सहयोग अभियान मेयर हुँदा पनि जारी जनाएका छन् ।