Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १३:४९:००
Read Time : < 1 मिनेट
समाचार

विदेशी लगानी भित्र्याउने सरकारको तयारीप्रति उद्योगी व्यवसायीकाे आपत्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १३:४९:००

उद्योगी व्यवसायीहरुले घरेलु तथा साना उद्योगमा विदेशी लगानी भित्र्याउने सरकारको तयारीप्रति आपत्ति जनाएका छन । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको उद्योग समितिका सभापति अञ्जन श्रेष्ठले नेपाली उद्योगी आफै समक्ष भएकाले घरेलु तथा साना उद्योगमा विदेशी लगानी नभित्र्याउन सरकारसँग माग गरेका छन् । 

नेपालको उद्योगनै विस्थापित हुने र नेपालमा बेरोजगारी समस्या झनै बढेर जाने भएकाले घरेलु तथा साना उद्योगमा विदेशी लगानी आवश्यक नरहेको उनकाे तर्क छ । शुक्रबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै सभापति श्रेष्ठले साना उद्योग विस्थापित हुने भएकाले यसमा विदेशी लगानी ल्याउने कानुनी व्यवस्था गर्न नहुने बताए । विधेयकमा कुखुरा पालनमा विदेशी लगानी भित्र्याउने प्रस्ताव गरिएकोमा उद्योगी व्यवसायीहरुको आपत्ति छ ।

यता, विज्ञहरुले भने नेपाली उद्योग विस्थापित नहुने गरी विदेशी लगानी भित्र्याउँदा आपत्ति मान्नुपर्ने अवस्था नरहेको धारणा राखेका थिए । अर्थविद् एवम् पूर्व राजदुत डा. शंकर शर्माले डेरी उद्योगमा विदेशी लगानी भित्रयाउँदा किसानहरुलाई प्रविधिसमेत भित्रिने भएकाले समस्या नहुने तर्क गरे । उनले कुखुरा पालनामा भने विदेशी लगानी ल्याउन नहुने गरी कानुन बनाउन उपयुक्त हुने सुझाव सरकारलाई दिए । 

पूर्व उद्योग सचिव पुरुपोत्तम ओझाले नेपालको राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर विदेशी लगानी भित्र्याउनुपर्ने बताए । उनले विदेशी लगानी नेपालको लागि आवश्यक रहेकोतर्फ पनि सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका थिए । विधेयकमा माछा पालन, मौरी पालनामा नेपाल आफै सक्षम रहेको उल्लेख गर्दैै त्यसमा भने विदेशी लगानी आवश्यक नरहेको उल्लेख गरिएको छ ।