मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १३:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राहदानी विभाग अब बिहान ९ बजे नै खुल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १३:०६:००

काठमाडौंमा रहेको राहदानी विभागले कार्यालय समय १ घण्टा बढाएको छ । विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै कामको प्रभावकारिता बढाउन कार्यालय समय थप गरिएको बताएको छ ।

सधैँ १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय चैत १ देखि ९ बजे खुलेर ५ बजे बन्द हुने भएको हो । हरेक शुक्रबार भने ९ बजे खुलेर ३ बजेसम्म काम हुनेछ । सेवा समय विस्तार भएको पहिलो दिन देखि नै राहदानी सम्बन्धी सबै प्रकारका सेवा लिन सक्ने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए ।

थपिएको समयले सेवाग्राहिले छिटो छरितो सेवा र गुणस्तरीय सेवा पाउने महानिर्देशक खड्काले विश्वाश ब्यक्त गरे । राहदानी पट्याउने केरमेट गर्नाले अबैध हुन सक्ने भन्दै राहदानी प्रयोगमा प्रयोगकर्तालाई सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयहरु, राहदानी बिभाग र विदेशस्थित कुटनैतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ ।