१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ चैत १ शुक्रबार १३:०२:००
Read Time : < 1 मिनेट
प्रदेश

वडा कार्यालयमार्फत विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Read Time : < 1 मिनेट
२०७५ चैत १ शुक्रबार १३:०२:००

जिल्लाको नरहरिनाथ गाउँपालिका ५ ले विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । शैक्षिक सामग्रीको अभावमा विपन्न वर्गका विद्यार्थी विद्यालय जानबाट बञ्चित हुने अवस्था आएपछि शैक्षिक सामग्री वितरण गरेको हो । 

वडा कार्यालयले वडा भित्रका विपन्न, टुहुरा विद्यार्थीलाई झोला, स्कुल ड्रेस, कापी किताब लगायतका शैक्षिक सामग्री वितरण गरेको वडा अध्यक्ष गगन फडेराले बताए । ‘विपन्न विद्यार्थीहरु शैक्षिक सामग्रीको अभावमा विद्यालय जान रोकिने अवस्था आयो ।’ उनले भने,‘विद्यालय पठाउनको लागि शैक्षिक सामग्री वितरण गरिएको हो ।’ ‘कुनै पनि बालबालिका गरिबीका कारणले स्कुल जानबाट बञ्चित नहुन भन्ने उदेश्यले छात्रबृत्तिको कार्यक्रम ल्याएका छौं ।’