१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ९ सोमबार ०७:३७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

थारू बने सेन्साईको ‘नयाँ वर्ष, भाग्यको वर्षा’ योजनाको पहिलो विजेता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ९ सोमबार ०७:३७:००

 जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साईले नयाँ वर्ष ०७९ लाई लक्षित गर्दै ल्याएको ‘नयाँ वर्ष, भाग्यको वर्षा’ नामक योजनाको पहिलो विजेता छनोट गरेको छ । पहिलो लक्की ड्रको विजेता सौरहिया बुटवलका रामशुभन थारू बनेका छन् । 

थारूले बुटवलको फर्साटिकरमा रहेको ओएस एलेक्ट्रोनिक्समार्फत सेन्साईको रेफ्रिजेरेटर खरिद गरेको कम्पनीले जनाएको छ । पहिलो लक्की ड्रको विजेता सेन्साई ब्रान्डको आधिकारिक फेसबुक पेजमार्फत लाइभ घोषणा गरिएको थियो । सोही योजनामा लक्की ड्रमार्फत अझै पनि थुप्रै भाग्यशाली विजेताहरू घोषणा गर्न बाँकी नै रहेको कम्पनीले जनाएको छ । योजनाअन्तर्गत सेन्साई ब्रान्डका कुनै पनि सामानको खरिदमा लक्की ड्रमार्फत बम्पर उपहारमा यामाहा एफजी बाइक र एप्पल म्याकबुक एयर ल्यापटप, एप्पल आइफोन १३ र एप्पल आइप्याड जित्न सकिने जनाइएको छ । कम्पनीले यो योजना अब केही दिनका लागि मात्र बाँकी रहेको जनाएको छ ।

सेन्साईले आफ्ना विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेन्टीका साथै फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको कम्पनीले जनाएको छ । नेपालका लागि सेन्साई ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ । त्यसैले देशभर रहेका कुनै पनि सिजी डिजिटल सोरुममार्फत सेन्साईका सामान खरिद गर्दा योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।