मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ९ सोमबार १०:३१:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

भीम रावलको वडामा एमाले पराजित, स्वतन्त्र उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ ९ सोमबार १०:३१:००

नेकपा एमालेका नेता भीम रावलको वडा अछामको साँफेबगर– ६ भागेश्वरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यो वडामा दुई सय २६ मत ल्याएर मीनबहादुर बोहरा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी दूधकला विष्टले पनि दुई सय २६ मत नै ल्याएकी थिइन् ।

दुवै उम्मेदवारबीच समान मत आएपछि गोलाप्रथाबाट बोहराले वडाध्यक्ष हुने अवसर पाएका हुन् । बराबर मत आउँदा दोस्रोपटक मतदान गर्नुपर्ने भन्दै  मतगणनास्थलमा केहीबेर तनाव सिर्जना भए पनि अन्ततः दुवै पक्ष गोलाप्रथा गर्न सहमत भएका थिए । वडाध्यक्षमा विजयी बोहराले पार्टीले टिकट नदिएको भन्दै एमालेबाट विद्रोह गरेर स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए । 

उनलाई एमालेले कारबाहीसमेत गरेको थियो । तर, उनै बोहराले वडाध्यक्ष जितेपछि भने भीम रावललाई आफ्नै गाउँबाट चुनौती थपिएको छ । लामो समय कार्यकर्ताको बीचमा  रहेर काम गर्दा पनि पार्टीले नपत्याएपछि आफू स्वतन्त्र रूपमा उम्मेदवार बनेको र मतदाताले आफूलाई न्याय गरेको भन्दै बोहराले खुसी व्यक्त गरे । 

कुनै पनि हिसाबले आफ्ना लागि चुनाव जित्न सहज नरहेको भन्दै उनले इमानदारीका साथ अगाडि अन्य पार्टीकाले प्रयोग गरेका सबै अस्त्र फेल भएको र आफूले जितेका कारण अब जनअपेक्षाअनुसार सामाजिक सुदृढीकरणका लागि काम गर्ने बताए ।

एमालेको तर्फबाट अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ का सुदूरपश्चिम प्रदेश सदस्य गोविन्द कुँवरको वडामा पनि एमाले पराजित भएको छ । उनको वडा साँफेबगर– ९ बुढाकोटमा एकीकृत समाजवादीका उम्मेदवार दीपक कुँवर विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर कुँवरलाई एक सय ३७ मतान्तरले हराएका हुन् । यो वडाबाट समाजवादीले चार सय ४१ र एमालेले दुई सय चार  मत पाएको हो । यहाँ समाजवादी र कांग्रेसबीच गठबन्धन थियो ।