१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १२:२५:००
Read Time : < 1 मिनेट
प्रदेश

बजार क्षेत्रका तार व्यवस्थापन गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १२:२५:००

व्यास नगरपालिका–३ अनशन चौतारी क्षेत्रको विद्युत्का तार व्यवस्थापन गर्न थालिएको छ । जथाभावी यत्रतत्र छरिएर रहेका तारले बजारको सौदर्य नै बिगारेको वडा सदस्य रविन पौडेलले बताए ।

यसले दुर्घटनासमेत निम्त्याउने भएकाले व्यवस्थापन गर्न थालिएको उनको भनाइ छ । विद्युत्, टेलिफोन, केबललगायत तारहरूले सहरको सौन्दर्य नै बिगारेको उनको भनाइ छ । पहिलो चरणमा अनशन चौतारी क्षेत्रका तार व्यवस्थापन गरिएको छ । अब वडाका सबै क्षेत्रका तार व्यवस्थापन गरिने पौडेलले बताए । ६ सय उपभोक्ताको बिजुली काटियो तनहुँ नेपाल विद्युत् प्राधिकरण, तनहुँ वितरण केन्द्रले महसुल नबुझाउने ग्राहकको बिजुली काटेको छ । महसुल नबुझाउने ६ सय १६ उपभोक्ताको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

पटकपटक ताकेता गर्दासमेत आनाकानी गरेपछि लाइन काट्नुपरेको केन्द्रका प्रमुख शिव गोशलीले बताए । ‘धेरैपटक आग्रह गर्दा पनि महसुल नबुझाएपछि लाइन काट्न बाध्य भएका हौँ,’ उनले भने । प्राधिकरणले दुई महिनासम्म पनि महसुल नबुझाउने ग्राहकको लाइन काट्दै आएको छ । लाइन काटिएकामध्ये पाँच सय तीनजनाले बक्यौतासमेत बुझाएको प्राधिरकणले जनाएको छ । उनीहरूबाट एक करोड आठ लाख ६३ हजार आठ सय ६१ रुपैयाँ बक्यौता असुल गरिएको छ । महसुल तिरेपछि लाइन जडान गरिने प्राधिकरणले जनाएको छ ।