मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ९ सोमबार ०७:०७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सातामा नेप्से सूचक एक सय १५ अंकले घट्यो, कारोबार रकम पनि ३९ प्रतिशतले कम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ९ सोमबार ०७:०७:००

नेप्से परिसूचक सातामा एक सय १५ अंकले घटेको छ । यस हप्ता चार दिन भएको कारोबारमा नेप्से सूचक घटेसँगै कारोबार रकममा पनि भारी गिरावट आएको हो । नेप्सेले जेठबाट शुक्रबार पनि कारोबार सुरुवात गरेको छ ।अघिल्लो हप्ता नेप्से परिसूचक दुई हजार तीन सय ५० दशमलव ४२ बिन्दुमा बन्द भएको थियो । यस हप्ता नेप्से उच्चतम बिन्दु दुई हजार तीन सय ५० दशमलव ४३ सम्म पुग्दै दुई हजार दुई सय ३१ दशमलव ४६ बिन्दुसम्म आइपुगेको थियो । जसअनुसार नेप्सेमा एक सय १८ दशमलव ९७ अंकको अस्थिरता देखिएको थियो ।  

चुनावी माहोलमा पनि सेयर बजारमा सुधार आउन नसक्दा लगानीकर्ता मनोवैज्ञानिक रूपमा दबाबमा परेका थिए । चुनावमा बैंकिङ प्रणालीमा रकम जाने र बैंकमा देखिएको तरलता समाधान गर्ने लगानीकर्ताको अपेक्षाविपरीत बजारमा निरन्तर गिरावट आउँदा बजारमा प्रेसर देखिन पुगेको थियो । अघिल्लो हप्ता नेप्से सूचकले एक सय ८४ दशमलव शून्य दुई अंकको अस्थिरता देखाएको थियो ।

कारोबार रकममा भने ३९ दशमलव २५ प्रतिशतले कमी आएको छ । अघिल्लो हप्ता आठ अर्ब ५६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यस हप्ता औसत दैनिक कारोबार एक अर्ब ३० करोड रुपैयाँ मात्र भएको छ । यस साता सेयर कारोबार पाँच अर्ब २० करोड रुपैयाँमा सीमित हुन पुगेको छ ।

यस हप्ता १३ वटै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक ८ दशमलव २९ प्रतिशत र ‘अन्य’ समूहको सूचक आठ दशमलव २३ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स समूह, जलविद्युत् समूह, उत्पादनमूलक समूह, विकास बैंक समूह, फाइनान्स समूहको सूचक ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

यस साता सामुदायिक लघुवित्त वित्तीय संस्थाको १० दशमलव ४५ प्रतिशतले नाफा बढेको छ । अघिल्लो हप्ता एक हजार तीन सय ३० रुपैयाँ प्रतिसेयर रहेको सेयर यस हप्ता एक हजार चार सय ८९ प्रतिसेयर भएको छ । सातामा संस्थाको सेयर मूल्य एक सय ३९ रुपैयाँले बढेको छ । त्यस्तै, प्रभु बैंक प्रमोटर सेयर चार दशमलव ३२ प्रतिशतले बढेको छ । 

यस साता सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको २४ दशमलव ७६ प्रतिशतले घटेको छ भने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १८ प्रतिशतले घटेको छ ।
सबैभन्दा धेरै कारोबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको एक अर्ब ७६ रुपैयाँको भएको छ भने अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको एक अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ । नेप्सेको अहिलेको बजार पुँजीकरण तीन अर्ब १७ करोड ४९ लाख ९५ हजार रुपैयाँ रहेको छ ।