मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार ११:४७:००
Read Time : < 1 मिनेट
खेलकुद

जिदान आएपछि रामोसले थाले प्रशिक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार ११:४७:००

नवनियुक्त प्रशिक्षक जिनेदिन जिदानको आगमनसँगै रियल म्याड्रिडका खेलाडीहरू अनुशासित हुन थालेका छन् । पुराना प्रशिक्षकलाई हेपेका खेलाडीहरू अहिले नियमित प्रशिक्षणमा लागेको स्पेनिस मिडियाहरूले जनाएका छन् । कप्तान सर्जियो रामोस सबैभन्दा रफ र अनुशासनभन्दा बाहिरका खेलाडी मानिन्छन् । तर, उनी पनि जिदानको आगमनसँगै प्रशिक्षणस्थलमा पुगेका छन् ।

जिदानले रियलको चार्ज सम्हालेको तीन दिन मात्र भयो । उनको प्रभाव क्लबमा देखिएको एल मार्काले जनाएको छ । जिदान शान्त र सरल स्वभावका मानिन्छन् । तर, प्रशिक्षणमा उनलाई खेलाडीले अल्छी गरेको पटक्कै मन पर्दैन । क्लबमा आबद्ध सबै खेलाडीलाई एकै नजरले हेर्ने जिदानको बानी छ । यसैकारण उनी सबै खेलाडीलाई एकै किसिमको प्रशिक्षण गराउँदै आएका छन् ।

कप्तान रामोसले मंगलबारदेखि नै कडा अभ्यास गर्न सुरु गरेका छन् । चर्को घाममा पनि फिटनेस लेभल राम्रो पार्न उनी स्ट्रेचिङ गरिहेका देखिन्छन् ।

स्पेनिस तथा ब्रिटिस मिडियाले फोटो पोस्ट गरेअनुसार कप्तान रामोसले मंगलबारदेखि नै कडा अभ्यास सुरु गरेका छन् । चर्को घाममा पनि फिटनेस लेभल राम्रो पार्न उनी स्ट्रेचिङ गरिहेका देखिन्छन् ।