मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ चैत १ शुक्रबार १२:०३:००
Read Time : < 1 मिनेट
प्रदेश

टोल–टोलमा सूचनापाटी

Read Time : < 1 मिनेट
२०७५ चैत १ शुक्रबार १२:०३:००

सिरहा धनगढीमाई नगरपालिका–९ ले वडामा पर्ने १५ गाउँमा सूचनापाटी राखेको छ । विकास निर्माणसम्बन्धी योजना, नगर तथा वडा कार्यालयका निर्णयसँग सम्बन्धित सूचना गाउँ–टोलसम्म सहज रूपमा पु¥याउन सूचनापाटी राखिएको वडाध्यक्ष प्रकाश योञ्जनले जानकारी दिए ।

‘नगर तथा वडा कार्यालयको वेबसाइटजस्ता विद्युतीय सूचनापाटी भए पनि गाउँमा सर्वसाधारणका लागि लिखित सूचना नै चाहिने भएकाले सूचनापाटीको व्यवस्था गरेका हौँ,’ वडाध्यक्ष योञ्जनले भने । वडाका बासिन्दालाई विकास निर्माणसहित सार्वजनिक सरोकारका विविध विषयसँग सम्बन्धित सूचना प्रवाह गर्न वडाको बजेटमा ११ तथा नागरिक सहकार्य मञ्चको सहयोगमा चार गरी १५ स्थानमा सूचनापाटी राखिएको उनले जानकारी दिए । सूचनापाटी सर्वसाधारणको जमघट बढी हुने स्थानमा राखिएका छन् । 

धनगढीमाई–९ मुसहर्नियाका समाजसेवी नवराज लामाले सार्वजनिक सरोकारका विषयसँग सम्बन्धित सूचना, जानकारी खोज्दै हिँड्न बाध्य स्थानीय बासिन्दाका लागि सूचनापाटी प्रभावकारी हुने बताए । चैनपुरका युवा रवीन्द्र दासले नगर र वडाका विभिन्न खालका सूचनापाटीमा टाँस गरिने भएकाले खोज्दै नगर तथा वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटेको भन्दै खुसी व्यक्त गरे ।