Read Time : < 1 मिनेट
२०७९ जेठ ८ आइतबार २१:२७:००
चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको मृत्यु भएको हो ।
बाघको आक्रमणपछि हात्ती प्रयोग गरेर बोटेको खोजी गरिएको थियो ।