१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ जेठ ८ आइतबार १६:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सार्वजनिक बिदाको दिन धनकुटामा चलेका ३५ सरकारी सवारी नियन्त्रणमा

Read Time : < 1 मिनेट
२०७९ जेठ ८ आइतबार १६:३६:००

सार्वजनिक बिदाको दिन चलाउँदै गरेको अवस्थामा धनकुटाबाट प्रहरीले ३५ वटा सरकारी सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। भेडेटार बजार, हिले बजार, सिधुवा बजार र धनकुटा बजारबाट ती सरकारी सवारीसाधन नियन्त्रणमा लिइएको हो।

सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन चलाउन नपाउने प्रावधान भएकाले चेकिङमा कडाइ गरेर सरकारी सवारीसाधनहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले बताए। बिदाको दिन सरकारी गाडी चलाउन पाइँदैन। ‘कार्यालय प्रयोजनमा चलाउनुपरे जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने हुन्छ। नियमविपरीत बिदाको दिन कुदाउँदै गरेको अवस्थामा सरकारी गाडीहरू नियन्त्रणमा लिएका हौँ,’ डिएसपी दाहालले भने ।

हिलेबाट १७, भेडेटारबाट १६ तथा सिधुवा र धनकुटा बजारबाट एक–एकवटा सरकारी सवारीसाधन नियन्त्रणमा लिइएको डिएसपी दाहालले जानकारी दिए। नियन्त्रणमा लिइएकामध्ये चार चक्के गाडी दुईवटा छन् भने अन्य सबै मोटरसाइकल रहेका प्रहरीले बताएको छ।