मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७५ चैत १ शुक्रबार ११:३३:००
Read Time : < 1 मिनेट
खेलकुद

बार्सिलोनाको जितमा मेसीको दुई गोल

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ चैत १ शुक्रबार ११:३३:००

कप्तान लियोनल मेसीले प्रेरणादायी प्रदर्शन गरेपछि बुधबार बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल स्थान पक्का गरेको छ । लिगअन्तर्गत दोस्रो प्रिक्वार्टरफाइनल लेगमा बार्सिलोनाले लियोनलाई ५–१ ले हरायो । प्रतिस्पर्धामा मेसीले व्यक्तिगत २ गोल गर्नुका साथै २ गोलका लागि असिस्ट गरेका थिए । लियोनको घरेलु मैदानमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको थियो । 

जित्नैपर्ने दबाब
च्याम्पियन्स लिगमा अन्तिम १६ मा एकपछि अर्को अप्रत्याशित नतिजा आउँदा बार्सिलोनाले आफ्नो लयलाई जारी राख्दै जित्नैपर्ने थियो । खेलको १६औँ मिनेटमा लुइस सुआरेजलाई जेसन डेनाएरले लडाएपछि मेसीले पेनाल्टीमार्पmत बार्सिलोनालाई १–० को अग्रता दिलाए । ३१औँ मिनेटमा सुआरेजको आकर्षक पासमा फिलिप काउन्टिन्होले बार्सिलोनालाई २–० को स्थितिमा पुर्‍याए । 

दोस्रो हाफमा ३ गोल
नाउ क्याम्पमा ५८औँ मिनेटमा लुकास टुसार्टले भलीमार्फत गोल गर्दै लियोनलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, ७८औँ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल सम्भव बनाए । मेसीले जेरार्डलाई गोलको मौका मिलाइदिँदा बार्सिलोना ४–१ को अवस्थामा पुग्यो । पाँचौँ गोल मेसीकै पासमा ओस्मान डेम्बेलेले सम्भव बनाए । 

म्युनिखकै मैदानमा लिभरपुलको सान
साडियो मानेले २ गोल गरेपछि इंग्लिस लिभरपुलले बायर्न म्युनिखलाई घरेलु मैदान एलियन्ज एरिनामा ३–१ ले पराजित गर्दै क्वार्टरफाइनल स्थान सुरक्षित गरेको छ । लिभरपुललाई लगातार दोस्रो सिजन अन्तिम आठमा प्रवेश गराउन तेस्रो गोल लिभरपुलका लागि भान जेकले गरे । म्युनिखले घरेलु मैदानमा १ गोल उपहारका रूपमा पाएको थियो ।