१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७५ चैत १ शुक्रबार ११:२६:००
Read Time : < 1 मिनेट
खेलकुद

रियलको नजरमा पोर्टोका मिलिटाओ

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ चैत १ शुक्रबार ११:२६:००

रियल म्याड्रिडले नयाँ सिजनमा पोर्चुगिज क्लब एफसी पोर्टोका ब्राजिलियन डिफेन्डर एडेर मिलिटाओलाई भित्र्याउने प्रक्रिया अगाडि सारेको छ । प्रशिक्षक जिनेदिन जिदानले टोली सम्हालेको तेस्रो दिनमै रियलले नयाँ खेलाडी भित्र्याउने घोषणा गरेको हो । सम्भवतः मिलिटाओ अर्को सातासम्म रियल आउन सक्छन् । रियलले ब्राजिलियन डिफेन्डर मिलिटाओसँग २०२५ सम्मका लागि सम्झौता गर्नेछ । 

५ करोड ६५ लाख डलर
६ वर्षको सम्झौता गर्दा रियलले मिलिटाओका लागि ५ करोड ६५ लाख डलर खर्चनेछ । यता पोर्टोले पनि आफ्ना डिफेन्डर मिलिटाओमाथि रियलले राम्रो प्रस्ताव राखेको जनाएको छ । ‘हामीलाई रियलले ५ करोड ५६ लाख डलर प्रस्ताव राखेको छ,’ पोर्टोले जनाएको छ, ‘यस सिजनमा हाम्रा खेलाडीमध्ये मिलिटाओ सर्वाधिक रकममा स्थानान्तरण हुनेछन् ।’ गत वर्ष मात्र पोर्टोले मिलिटाओलाई साउल पाउलोबाट अनुबन्ध गरेको थियो । ब्राजिलबाट मिलिटाओ राइट ब्याकबाट खेल्ने गर्छन् । 

माग ७ करोड ५० लाख डलर
पोर्चुगिज मिडियाका अनुसार पोर्टोेले मिलिटाओको सुरु रकम ७ करोड ५० लाख डलर राखेको थियो । रियल र पोर्टोका एजेन्टले ५ करोड ६५ लाख डलरमा सहमति जनाएका थिए । ‘सुरुको प्रस्तावित रकम धेरै थियो,’ पोर्चुगिज मिडियाले जनाएका छन्, ‘युवा खेलाडीको स्तरअनुरूप नै पछि डिल भयो ।’ मिलिटाओ र रियलबीचको सम्झौता पक्कापक्की गर्नमा एजेन्ट जुनी कालाफाले महत्वपूर्ण भूमिका निर्वाह गरका थिए । 

युनाइटेड, लिभरपुल र चेल्सीको पनि नजर
यता इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीले पनि मिलिटाओमाथि नजर राखेको ब्रिटिस मिडियाले जनाएका छन् । इंग्लिस क्लब उनीमाथि खासै ठूलो रकम खर्चन तयार छैनन् । केही साताअघि मात्र चेल्सी र युनाइटेडले डिफेन्डरमा मिलिटाओ आउन सक्ने जनाएका थिए । तर, रियलको प्रस्तावसँगै अब उनीहरू पछाडि हट्न सक्छन् । मिलिटाओले पोर्टोसँग २०२३ सम्मका लागि सम्झौता गरेका थिए ।