Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ जेठ ६ शुक्रबार १०:१८:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ ६ शुक्रबार १०:१८:००

हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारिलाल शाही निर्वाचित भएका छन् । उनी एक हजार ६ सय ९५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीका उम्मेदवार गोविन्दबहादुर  शाहीले एक हजार एक सय ८१ मत प्राप्त गरे । यहाँ माओवादी केन्द्र र कांग्रेसबीच चुनावी तालमेल भएको थियो। 

उपाध्यक्ष एकीकृत समाजवादीकी प्रेमकला शाही विजयी भएकी छिन् । उनी एक हजार तीन सय ७२ मत प्राप्त गरेर विजयी भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसकी उम्मेदवार मैना बुढाले एक हजार एक सय ७५ मत प्राप्त गरिन्। 

चंखेली गाउँपालिका वडा नम्बर १ मा  एमालेका गोविन्द बोहरा, वडा नम्बर  २ मा कांग्रेसका विर्ख सिंह, वडा नम्बर ३ मा माओवादी केन्द्रका भारमल बुढा, वडा नम्बर ४ मा स्वतन्त्र पदमबहादुर शाही, वडा नम्बर ५ मा स्वतन्त्र हर्कधन तामाङ, वडा नम्बर ६ मा स्वतन्त्र जयबहादुर सिरा विजयी भएका छन् ।

हुम्लाका सात पालिकामध्ये तीन पालिका कांग्रेस र चार पालिका माओवादी केन्द्रको भागमा परेको थियो  । तर,  माओवादी  केन्द्रले आफ्नो भागमा परेको सबै पालिकामा विजयी हासिल गर्न सकेन। 

माओवादी केन्द्रकै किल्ला मानिएको चंखेली गाउँपालिका स्वतन्त्रले हत्याएको छ । ताजाँकोट, नाम्खा, सिमकोटमा माओवादी केन्द्रले अध्यक्ष पदमा विजयी हासिल गरेको छ । यसैगरी कांग्रेसले अदानचुली, सर्केगाड, खार्पुनाथ गाउँपालिकामा जित हात पारेको छ ।