मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ ५ बिहीबार २२:०८:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

पोखरा महानगरमा गठबन्धनका मेयर उम्मेदवार आचार्यलाई झन्डै तीन हजार मतको अग्रता

Read Time : < 1 मिनेट
२०७९ जेठ ५ बिहीबार २२:०८:००

पोखरा महानगरपालिकामा गठबन्धन दलहरूको तर्फबाट मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो परिणामअनुसार ५८ हजार १२२ मतगणना हुँदा आचार्यले २४ हजार ३२ मत प्राप्त गरेका छन् । 

उनका प्रतिस्पर्धी नेकपा एमालेका मेयर उम्मेदवार कृष्ण थापाले २१ हजार १८७ मत प्राप्त गरेका छन् । आचार्यभन्दा थापा दुई हजार ८४५ मतले पछाडि छन् । 

राप्रपाका शंकर खरालले दुई हजार ४१३ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार गनेश पौडेलले एक हजार ३८८ मत प्राप्त गरेका छन् । 

गठबन्धनको तर्फबाट उपमेयर पदका उम्मेदवार कोपिला रानाभाटले २४ हजार ३०४ मतसहित अग्रता कायम राखेकी छिन् । 

नेकपा एमालेको तर्फबाट उपमेयर उम्मेदवार मञ्जु गुरुङले २४ हजार २०६ मत ल्याएर रानाभाटलाई पछ्याइरहेकी छिन् । 

राप्रपाको तर्फबाट उपमेयर उम्मेदवार रञ्जना सेनले दुई हजार २१ मत प्राप्त गरेकी छिन् । पोखरा महानगरपालिकामा एक लाख ४३ हजार २२६ मत खसेको थियो ।