मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ ५ बिहीबार २०:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा डाँका चोरी मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ, जरिवाना तिर्न नसकेपछि जेल चलान 

Read Time : < 1 मिनेट
२०७९ जेठ ५ बिहीबार २०:५८:००

लमजुङ  प्रहरीले  डाँका चोरी मुद्दामा फरार रहेका एकजनालाई २२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले लमजुङको मध्यनेपाल नगरपालिका– १, जिता घर भएका ५१ वर्षीय भूपेन्द्र पौडेललाई सजाय तोकिएको २२ वर्षपछि  पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।  

साबिकको पुनरावेदन अदालत पोखराबाट ०६० साल फागुन ३ गतेको फैसलाले डाँका चोरी मुद्दामा पौडेललाई ५ वर्ष ११ महिना ७ दिन कैद र ४७ लाख ८७ हजार २५० रुपैयाँ जरिवाना तिर्नुपर्ने उल्लेख छ । स्थानीय तह निर्वाचनमा गाउँमा आएको भन्ने गोप्य सूचनाको आधारमा  जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वय र मध्यनेपाल नगरपालिका–३ मा  रहेको प्रहरी चौकी सोती पसलबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार गाउँबाटै पक्राउ गरेको हो । 

प्रहरी नियन्त्रणमा रहेका उनलाई लमजुङ जिल्ला अदालतमा पेस गरिएकोमा  जरिवानासमेतको रकम दाखिला गर्न नसकेको र उक्त जरिवानासमेतको रकमलाई कैदमा निर्धारण गरी अदालतले पौडेललाई ९ वर्ष ११ महिना ६ दिन कैद हुने गरी कैद भुक्तानका लागि बिहीबार लमजुङ कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलय लमजुङका सूचना अधिकारी जगदीश रेग्मीले बताए ।