१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ५ बिहीबार १६:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वर्तमान सरकारले वित्तीय प्रणाली सीमित व्यक्तिको हातमा पुर्‍याएको भीम रावलकाे आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ५ बिहीबार १६:५२:००

नेकपा एमालेका सांसद डा. भीम रावलले वर्तमान गठबन्धन सरकारले मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुर्‍याएको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष ०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमाथिको छलफलमा बोल्दै रावलले यस्तो बताएका हुन्।

उनले अर्थमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त तथा प्राथमिकता औपचारिता पूरा गर्ने र परम्परागत किसिमको ल्याएको बताए। डा. रावलले सरकारले नेपाली जनता र देशले सामना गर्नुपरेको समग्र राष्ट्रिय आर्थिक समस्या समाधानतर्फ कुनै उल्लेखनीय कुरा अगाडि नसारेको आरोप लगाए। वर्तमान गठबन्धन सरकारले बजेट तथा नीति तथा कार्यक्रमको प्राप्त छलफल र सुझावहरू लिन्छ भन्ने विश्वास नभएको उनले बताए।

‘अर्थमन्त्रीले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त तथा प्राथमिकता औपचारिता पूरा गर्ने र परम्परागत किसिमका छन्। नेपाली जनता र देशले सामना गर्नुपरेको समग्र राष्ट्रिय तथा आर्थिक समस्या समाधानतर्फ कुनै उल्लेखनीय कुरा अगाडि सारिएको छैन। वर्तमान गठबन्धन सरकारले प्राप्त छलफल र सांसदहरूको सुझावहरू सुन्ला भन्ने विश्वास छैन,’ उनले भने।