Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ ५ बिहीबार १२:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२८ लाखभन्दा बढीको अवैध सुनसहित एक व्यक्ति पक्राउ

Read Time : < 1 मिनेट
२०७९ जेठ ५ बिहीबार १२:२०:००

प्रहरीले अवैध रूपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु. २८ लाखभन्दा बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका– २ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

जैसीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले मंगलबार मेचीनगर– ६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको हो। जैसीको साथबाट बरामद गरिएको ३४९.७०० ग्राम सुन हालको बजार मूल्यअनुसार २८ लाख ८७ हजार एक सय ८२ रुपैयाँबराबरको रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले बताए।

पक्राउ गरिएका जैसीलाई सुनसहित मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ। रासस