Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ ५ बिहीबार ०९:३४:००
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

कैलालीका दुई पालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी

Read Time : > 1 मिनेट
२०७९ जेठ ५ बिहीबार ०९:३४:००

टीकापुर नगरपालिका

नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारू

कैलालीका दुईवटा पालिका प्रमुखमा नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेको छ । सत्तारुढ गठबन्धनलाई हराउँदै टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् । 

टीकापुर नगरपालिकाको प्रमुखमा गठबन्धनलाई भारी मतले हराउँदै नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारू विजयी भएका छन् । उपमेयरमा भने गठबन्धनका तर्फबाट माओवादीका खडक शाह विजयी भए । 

मेयरमा निर्वाचित थारूले नौ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावलले ६ हजार ६ सय ४२ मत प्राप्त गरे । यहाँ एमाले तेस्रो स्थानमा छ ।

उपमेयरमा भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका खडक शाह सात हजार नौ सय ५५ मत पाएर विजयी भए । नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विश्वकर्मा सात हजार आठ सय दुई मत पाएर पराजित भइन् । 

जोशीपुर गाउँपालिका

नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी

त्यस्तै, जोशीपुर गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार बन्सराम बडायकलाई एक हजार पाँच सय ३५ मतको अन्तरले हराउँदै चौधरी विजयी भएका हुन् । उनले चार हजार नौ सय तीन मत प्राप्त गरे । अध्यक्षमा पराजित भएका कांग्रेसका बडायकले तीन हजार तीन सय ६८ मत पाए । 

उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया चार हजार पाँच सय ८९ मत ल्याएर विजयी भइन् । गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार माओवादीका दीर्घराज बिनाडी तीन हजार नौ सय ६१ मत पाएर पराजित भए । ०७४ को स्थानीय तह निर्वाचनमा यो पालिकाको प्रमुख कांग्रेसले जितेको थियो ।


कैलालीका दुई पालिकामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले अग्रता लिइरहेका छन् । जानकी गाउँपालिका र भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिइरहेको छ । संविधान जारी हुनुअघि थरुहट प्रदेशको माग गर्दै टीकापुरमा थरुहट आन्दोलनका क्रममा नौजनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भई जन्मकैद सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीले आफ्नी श्रीमती रन्जिता श्रेष्ठको नाममा केही महिनाअघि मात्र नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए ।