मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ ४ बुधबार २२:४६:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रका राजन पौडेल विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ ४ बुधबार २२:४६:००

बाराको जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल १८ हजार ७ सय ४३ मत प्राप्त गर्दै मेयरमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी सरस्वती चौधरीले १७ हजार ७ सय ७९ मत प्राप्त गरिन्। लोसपा सन्जय साहले ५ हजार ३८२ मत प्राप्त गरे।

उपप्रमुखमा नेकपा एमालेका भोला अधिकारी १७ हजार ४९२ मतसहित विजयी भएका हुन्। उपमेयरमा नेपाली कांग्रेसकी मेघा शाहीले १५ हजार ८४२ मत प्राप्त गरिन्। यस्तै लोसपाका बिपी मोक्तानले ५ हजार २७ मत प्राप्त गरिन्।