१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ ४ बुधबार २१:४६:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

धनकुटाको सहिदभूमिमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ ४ बुधबार २१:४६:००

धनकुटाको सहिदभूमि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष र उपाध्यक्षमा दोस्रो कार्यकालको लागि क्रमशः मनोज राई र रत्नश्वरी राई निर्वाचित भएका हुन् । अध्यक्षमा राई ४ हजार २ सय १४ मतसहित निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जितबहादुर राईलाई १ सय ८७ मतान्तरले पछि परेका हुन् । जितबहादुरले ४ हजार २७ मत प्राप्त गरे । 

त्यस्तै, उपाध्यक्षमा रत्नश्वरी १ हजार ३ सय १ मतान्तरले विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार तोर्णबहादुर खड्काले ३ हजार ३ सय ७१ मत मात्र प्राप्त गरे ।