मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
बसन्त खतिवडा
२०७५ पौष ७ शनिबार १२:५७:००
Read Time : < 1 मिनेट
प्रदेश

बाराको सिमरामा औद्योगिक व्यापार मेला

Read Time : < 1 मिनेट
बसन्त खतिवडा
२०७५ पौष ७ शनिबार १२:५७:००

बाराको सिमरामा औद्योगिक व्यापार, कृषि तथा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सव सिमरा रङ्गशालामा हिमाल, पहाड र तराईको प्रतिनिधित्व झल्किने दुई सय भन्दा बढि विभिन्न स्टलहरु राखिएको छ । २०७२ सालको भूकम्पले भत्काएको ऐतिहासिक धरहराको प्रतिविम्ब, बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर, हात्ती तथा गैंडाका स्तम्भलगायत नेपालका विभिन्न स्थानको पहिचान झल्काउने प्रतिविम्बहरु निर्माण गरिएको छ । 

महोत्सवमा चार दर्जन भन्दा बढि राष्ट्रिय कलाकारहरुको सहभागितामा मनोरञ्जनात्मक कार्यक्रम, वाल उद्यान तथा अन्य विभिन्न मनोरञ्जनका साधनहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

सिमरा फाउण्डेशनको मुख्य आयोजना, औद्योगिक शान्ति नेपाल काठमाडौं र सिमराको हाम्रो समन क्याम्पको सहकार्यमा महोत्सव सुरु भएको हो । शुक्रवारबाट सुरु भएको महोत्सव १६ पुषसम्म चल्ने छ ।