मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सौरभ यादव राजविराज
२०७९ जेठ ४ बुधबार १२:२४:००
Read Time : < 1 मिनेट
निर्वाचन

सप्तरीको हनुमाननगरमा जनमत पार्टीका उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
२०७९ जेठ ४ बुधबार १२:२४:००

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुखमा  जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । जनमतका मेयर पदका उम्मेदवार वीरेन्द्र माझी ६ हजार चार सय सात मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का मेयर पदका उम्मेदवार शैलेशकुमार साहले ६ हजार दुई सय ४६ मत प्राप्त गरेका छन् । साह निवर्तमान मेयर हुन् भने सप्तरी निर्वाचन क्षेत्र नं १ (ख) को प्रदेश सभा सदस्य एवम् मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहका पुत्र हुन् ।

त्यस्तै, उपमेयरमा जसपाकी उम्मेदवार सरितादेवी यादव सिपालिया निर्वाचित भएकी छिन् । उनले ६ हजार पाँच सय १२ मत प्राप्त गरेकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी जनमतकी रेखादेवी मण्डलले पाँच हजार नाै सय ८२ मत प्राप्त गरिन् ।