१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ चैत १ शुक्रबार १०:२५:००
Read Time : < 1 मिनेट
समाचार

दोलखामा बस दुर्घटना, दुईको मृत्यु, २३ घाइते

Read Time : < 1 मिनेट
२०७५ चैत १ शुक्रबार १०:२५:००

दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

शुक्रबार भएको दुर्घटनामा सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिए । 

दुर्घटनामा २३ घाइते भएको दोलखाका प्रवक्ता प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिए । घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको स्थानीय रोल्वालिङ अस्पतालमा उपचार भइरहेको र सामान्य घाइते भएकाहरुको उपचारका लागि सदरमुकाम चरिकोटतर्फ ल्याइँदै गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी बासुदेव पाठकले जानकारी दिए । घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ । 

बा४ख ४५७३ नंको बस दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका कामदार लिएर गुडेको थियो । आज बिहान छ्योत्छ्योतस्थित चिनियाँ क्याम्पबाट करीब ३० कामदार लिएर छुटेको बस माथिल्लो तामाकोशी आयोजनाको मुख्य टनेलतर्फ जाने नयाँ बाटो लुप सेभेन (सात घुम्ती) मा दुर्घटना भएको थियो । रासस