मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १०:१३:००
Read Time : < 1 मिनेट
सप्तरंग

टोटल धमाल दुई सय करोड क्लबमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १०:१३:००

मल्टिस्टारर फिल्म ‘टोटल धमाल’ले बक्स अफिसमा दमदार कमाइ गरिरहेको छ । फिल्म १९औँ दिनमा पनि दर्शक तानिरहन सफल भएको छ । भारतीय बक्स अफिसमा फिल्मले एक सय ६७ करोडको व्यापार गरिसकेको छ ।

विश्वव्यापी कमाइको हिसाबले फिल्मले दुई सय करोडको व्यापार गरिसकेको छ । फिल्ममा अजय देवगण, माधुरी दिक्षित र अनिल कपुरजस्ता स्टारहरू छन् । 

इन्द्र कुमारको निर्देशनमा बनेको यो फिल्मलाई दर्शकले खुब रुचाएका छन् । ट्रेड एनालिस्ट तरुण आदर्शले ट्विटरमार्फत् आँकडा सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । फिल्मले भारतमा एक सय ६७ करोड र भारतबाहिर ४३ करोडको व्यापार गरेको बताएका छन् ।

फिल्मले पहिलो दिन १६ करोडको कमाएको थियो । फिल्म ‘धमाल’ सिरिजको तेस्रो भाग हो । फिल्मको बजेट करिब ९० देखि सय करोड रहेको बताइएको छ ।