१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १०:०५:००
Read Time : < 1 मिनेट
सप्तरंग

आरआरआरमा अजय र आलिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १०:०५:००

एसएस राजामैलीको बिग बजेट फिल्म ‘आरआरआर’मा बलिउड स्टार अजय देवगण र आलिया भट्टले पनि अभिनय गर्ने पक्का भएको छ । ‘बाहुबली’का निर्देशक राजामौलीले आफ्नो सो फिल्ममा आलिया र अजयलाई समावेश गरेको पुष्टि गरेका छन् । 

तेलगु फिल्म ‘रामा रावणा राज्यम्’ (आरआरआर) निर्माण सुरु नहुँदैदेखि चर्चामा छ । सो फिल्ममा आलिया र अजय दुवैको महत्वपूर्ण भूमिकामा रहने बताइएको छ । बलिउडका यी स्टार पहिलोपटक तेलगु फिल्ममा अभिनय गर्न लागेका हुन् । 

‘आरआरआर’ फिल्मको ट्विटर ह्यान्डलमार्फत आलियालाई मुख्य भूमिकामा स्वागत गर्दै खुसी व्यक्त गरिएको छ भने आलियाले पनि ट्विटरमार्फत खुसी व्यक्त गरेकी छिन् । उनले आफूलाई काम गर्ने मौका दिएकोमा निर्देशक राजामौलीलाई धन्यवाद व्यक्त गरेकी हुन् । 

बलिउडका फिल्म व्यापार विश्लेषक तरुण आदर्शले ‘आरआरआर’मा अजय  महत्वपूर्ण भूमिकामा रहने खबरको खुलासा गरेका हुन् । बताइएअनुसार फिल्ममा अजयको एउटा डान्स रहनेछ । हालै शुभमुहूर्त गरिएको फिल्मको हैदरावादमा सेट लगाएर सुटिङ गरिनेछ । मुहूर्तमा हिरो प्रभास, राणा दब्बुगातीलगायत कलाकार उपस्थित थिए ।