१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १०:०५:००
Read Time : < 1 मिनेट
सप्तरंग

हलमा जानी–नजानी, पुरानो बुलेट र द म्यान फ्रम काठमाडौं

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १०:०५:००

आज शुक्रबारबाट एकसाथ तीनवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन्, ‘जानी–नजानी,’ ‘पुरानो बुलेट’ र ‘द म्यान फ्रम काठमाडौं’ । 

लामो समय सहायक निर्देशक भई काम गरेका वसन्त अधिकारीले ‘जानी नजानी’बाट निर्देशकका रूपमा डेब्यु गरेका छन् । अभिनेत्री रोशनी केसीले निर्माण गरेको यो फिल्म त्रिकोणात्मक प्रेमकथामा रहेको बताइन्छ । फिल्ममा मनीषसुन्दर श्रेष्ठ, निरिसा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, रोशनी केसीलगायतका कलाकारले अभिनय गरेका छन् । 

‘पुरानो बुलेट’मा भने पूर्वी नेपालको रहनसहन, जनजीवन र शैली प्रस्तुत गरिएको बताइन्छ । सञ्चारकर्मीसमेत रहेका भीषण राईको डेब्यु निर्देशनमा बनेको ‘पुरानो बुलेट’मा अनुपविक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बू मुख्य भूमिकामा छन् । फिल्मको मुख्य निर्माता सन्तोष राई छन् । फिल्ममा एक्सन, कमेडी, लभ, सेन्टिमेन्ट, सबै खुराक समेटिएको निर्देशक भीषण बताउँछन् । 

त्यसैगरी, हलिउड, बलिउड, पाकिस्तानी र नेपाली कलाकारले समेत अभिनय गरेको फिल्म ‘द म्यान फ्रम काठमाडौं’ पनि शुक्रबारदेखि नै प्रदर्शनमा आएको छ । हल व्यवसायी नकिम उद्धिनले निर्माण गरेको फिल्ममा हलिउडका जोसे मानुइल, बलिउडका गुल्सन ग्रोभर, पाकिस्तानी अभिनेता हमिद शेखका साथमा नीर शाह, कर्मा, मिथिला शर्मा, आना शर्मा, सुनीता ठाकुरलगायत कलाकारले अभिनय गरेका छन् । 

पेमा धोन्डुप निर्देशित यो फिल्मको प्रमोसनका लागि बलिउड अभिनेता गुल्सन ग्रोभर बुधबार काठमाडांै आएका छन् । फिल्मको बिहीबार साँझ ललितपुरको लबिम मलमा प्रिमियर गरियो । प्रिमियरमा खलअभिनेता गुल्सन पनि उपस्थित थिए । फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । झन्डै चार करोड लगानी लागेको ‘द म्यान फ्रम काठमाडौं’ नेपाली र अंग्रेजी, दुई भाषामा प्रदर्शन गरिएको बताइएको छ । फिल्म काठमाडांैका साथै अमेरिकाका विभिन्न स्थानमा खिचिएको हो ।