मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ ४ बुधबार ०७:३१:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

राप्रपाको उदगमस्थलमा कांग्रेस–एमाले विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ ४ बुधबार ०७:३१:००

झापाको कचनकवल गाउँपालिकामा कांग्रेसका कालेन्द्रप्रसादसिंह राजवंशी विजयी भएका छन् । उनले राप्रपाका अञ्जारा आलमलाई पराजित गरे । राजवंशीले ११ हजार चार सय ५७  मत प्राप्त गरे भने राप्रपाका अञ्जारा आलम ६ हजार ६ सय ६७ मत पाए । 

उपाध्यक्षमा भने एमालेका नवराज भट्टराई दुई हजार एक सय ४३ मतका साथ विजयी भए । उनकी निकटतम् प्रतिद्वन्द्वी राप्रपाका निमसरी राजवंशीले ६ हजार दुई सय दुई मत पाइन् । कचनकवलमा ०७४ को स्थानीय तहमा अञ्जरा अध्यक्ष र उपाध्यक्षमा निमसरी विजयी भएका थिए ।

कचनकवललाई राप्रपाले आफ्नो उदगमस्थल  भन्छ । यसपटक यहाँ राप्रपालाई पराजित गर्न कांग्रेस एमालेले तालमेल गरेका थिए ।  वडामा पनि कांग्रेस अगाडि छ । कांग्रेसले सातमध्ये ६ र एमाले एउटा वडा जितेको छ ।