मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ३ मंगलबार २१:०५:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

लमजुङको राइनास नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ ३ मंगलबार २१:०५:००

लमजुङको राइनास नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। राइनसमा एमालेलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। राइनासमा गठबन्धनका कांग्रेसबाट नगरप्रमुखमा खड्कबहादुर गुरुङ र माओवादी केन्द्रका पुष्पराज खनाल उपप्रमुखमा विजयी भएका छन्। 

गुरुङले ५ हजार ८ सय २६ मत प्राप्त गरी विजयी भए भने उनका निकटतमलप्रतिद्वन्द्वी एमालेका सिंहबहादुर थापाले ४ हजार २ सय ४४ मत प्राप्त गरेका छन्। यसैगरी, नगरपालिकाको उपमेयरमा गठबन्धनको माओवादी केन्द्रबाट पुष्पराज खनाल विजयी भएका छन्। उनले ५ हजार ८ सय ८६ मत प्राप्त गरेका छन्। एमालेबाट उम्मेदवार बनेकी उनको निकटतम् प्रतिद्वन्द्वी शोभा पन्थीले ३ हजार २ सय ३४ मत प्राप्त गरी उपाध्यक्षमा पराजित भइन्। 

राइनास नगरपालिकाको १० वटा वडामध्ये वडा नम्बर  ४, ६, ९ र १० मा कांग्रेसले जितेको छ। यस्तै वडा नम्बर १, ५, ७ मा माओवादी केन्द्र, ३ मा स्वतन्त्र र २ र ८ मा एमाले विजयी भएको छ। राइनास नगरपालिकामा ०७४ को स्थानीय तहमा एमालेले प्रमुख र कांग्रेसले उपप्रमुख जितेको थियो।